मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

११ महिनादेखि नेपाल–चीन नाकामा सामान रोकिएपछि व्यापारीले गरे आत्महत्या

११ महिनादेखि नेपाल–चीन नाकामा सामान रोकिएपछि व्यापारीले गरे आत्महत्या

images
  • 479
    SHARES

  • images
    images
    images
    ११ महिनादेखि नेपाल–चीन नाकामा सामान रोकिएपछि व्यापारीले गरे आत्महत्या
    images
    images
    images

    कार्तिक ,१४ काठमाडौं। केरुङ– रसुवागढी नाकामा चीनले १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेको छ । यो नाकाबन्दीको मारमा चीनबाट नेपाल सामान ल्याएर व्यापार गर्ने व्यापारी परेका छन् ।

    नेपाली व्यापारीको सामान झण्डै ११ महिनादेखि नाकामा रोकिएको छ । नाकामा रहेको सामानको भाडा, सामान किन्न लिएको ऋणले व्यापारी थलिएका छन् भने उनीहरु हतोत्साही पनि भएका छन् ।
    यहीबीचमा एक व्यापारीले आत्महत्या गरेका छन् । ११ महिनादेखि नेपाल–चीन सीमामा सामान रोकिएर व्यापार व्यवसाय ठप्प भएका व्यापारी हरेराम पौडेलले आत्महत्या गरेका छन् ।

    images
    images
    images

    उनले आफ्नै काठमाडौँ पेप्सीकोलामा डोरीको पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको यकिन कारण खुलेको छैन । तर लामो समयदेखि व्यापार व्यवसाय ठप्प हुँदा ऋणको बोझ बढेर ज्यान गुमाएको हुनसक्ने अनुमान छ ।
    उनले प्रयोग गरेका मोबाइल तथा अन्य उपकरण प्रहरीको फरेन्सिक ल्याबमा छ । त्यसको रिपोर्ट आएपछि यस विषयमा केही भन्न सक्ने प्रहरीको भनाई छ ।

    कोभिड–१९ को संक्रमणपछि गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गरेको थियो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएपछि नाका सिल गर्दा तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किएका छन् । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।

    पुसमा सिल गरेको केरुङ नाका गत जेठमा केही दिन खुलेको थियो । तर एक जना नेपाली श्रमिकलाई कोभिड–१९ पोजिटिभ देखिएको बाहनामा चीनले फेरि नाका बन्द गरिदियो । त्यसबेला लोड भएका ८० कन्टेनर सामान नेपाली भूमि पस्नै नपाई फेरि बन्द भए ।
    कोरोना पोजिटिभ देखिएका ती कामदार केही समयपछि नै निको भएर काममा फर्किए । अरु चालक र कामदार कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर सीमावारि पर्खिबसे । तर न त चीनले नाका खोल्ने तदारुकता देखायो, न नेपाल सरकारले निर्णायक पहलकदमी नै गर्‍यो ।

     

     

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    • शुक्रवार, कार्तिक १४ २०७७०७:५१:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij