सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह नगरपालिकाका १२ जना कर्मचारीमा कोरोना संक्रमण ,२१ गते सम्म नगरपालिका बन्द

देवदह नगरपालिकाका १२ जना कर्मचारीमा कोरोना संक्रमण ,२१ गते सम्म नगरपालिका बन्द

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाका १२ जना कर्मचारीमा कोरोना संक्रमण ,२१ गते सम्म नगरपालिका बन्द
    images
    images
    images

    गुराँस अनलाइन,देवदह। रुपन्देहीको देवदह नगरपालिकाकामा कार्यरत थप ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछी अतिआवश्यक बाहेक कार्तिक २१ गते सम्म नगरपालिका बाट प्रबाह हुने सेवा बन्द गरिएको छ। यस अघि नगरपालिकामा कार्यरत ७ जना कर्मचारीमा कोरोना देखिएको थियो र हाल उनीहरु होम आइसोलेसनामा बसिरहेका छन्। 

    जनप्रतिनिधि र कर्मचारी कन्ट्याक्ट् ट्रेसिङमा परेको कारण नगरपालिकाको कार्यालय बाट गरिने सेवा प्रबाह कार्तिक २१ गते सम्म स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले हस्ताक्षर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

    images
    images
    images

    पछिल्लो २४ घण्टामा देवदहमा ५ कर्मचारी सहित ८ जनामा कोरोना संक्रमण देखिएको छ। वार्ड नम्बर ४ मा एक महिला र एक पुरुष सहित २ जना ,वडा नम्बर ५ मा २ पुरुष ,वडा नम्बर ८ मा एक पुरुष ,वडा नम्बर ९ मा २ महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। 

    यो संगै देवदहमा कोरोना संक्रमित हुनेको संख्या २ सय ६१ पुगेको छ। जस मध्य १९४ जना निको भैसकेका छन्। ५९ जना आइसोलेसनमा उपचाररत रहेका छन्। हाल सम्म देवदह नगरपालिकामा १ महिला र ७ पुरुष गरि ८ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन्। 

    देवदह नगरपालिकाले हाल सम्म ८ सय ७५ जनाको पिसिआर परिक्षण गरेको छ। 

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    • आइतवार, कार्तिक १६ २०७७०६:३०:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij