रुपन्देहीमा राजतन्त्रको पक्षमा मोटर साइकल र्याली निकालिएको छ। बिर गोर्खाली नामको अभियानका अभियन्ताहरुको आयोजनामा निकलिएकोम र्याली मणिग्राम वाट सुरु भएर ट्राफिक चोकमा पुगी समापन भएको थियो।
तिन हजार भन्दा बढी मोटर साइकलमा युवाहरु स्वस्फुर्त रुपमा सहभागी भै "मेचीकाली हल्ला छ ,राजा आउने सल्लाह छ ,२०७२ सालको संबिधान खारेज गर ,२०४७ को लागु गर ,यो देश कसको राजाको राजा कसको जनताको लगायत को नारा लगाएका थिए।
कोण सभामा बसन्त बिक्रम पाण्डे ,डिल्लीराम खनाल ,सौरभ भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो। र्यालीमा युवा अभियन्ता प्रविन थापाले स्वागत मन्तब्य राख्नु भएको थियो।
बिर गोर्खाली नामको अभियान सुरु गरि देशब्यापी रुपमा देश र श्रीपेच जोगाउने अभियानमा लागेको र एक हप्ता पछि बिराटनगरमा राजाको समर्थनमा र्याली निकालिने बिर गोर्खालीका अभियन्ता सन्तोष राजाबादीले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij