पछिल्लो २४ घण्टामा देवदहमा ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। वार्ड नम्बर १ मा एक पुरुष ,वडा नम्बर २ मा १ महिला ,वडा नम्बर ७ मा एक महिला र वडा नम्बर १० मा २ पुरुष गरि जम्मा ५ जनामा कोरोना पोजेटिभ देखिएको हो।
यो संगै देवदहमा कोरोना संक्रमित हुनेको संख्या २ सय ६६ पुगेको छ। जस मध्य १९४ जना निको भैसकेका छन्।६३ जना आइसोलेसनमा उपचाररत रहेका छन्।
आज मात्रै देवदह १ मा होम आइसोलेसनमा बसेका १ जना ८२ बर्षीय बृद्द पुरुषको मृत्यु भएको छ। उनि लामो समय देखि मृगौला र दम रोग बाट पिडित रहेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ। यो संगै देवदहमा कोरोना बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
देवदह नगरपालिकाले हाल सम्म ८ सय ८१ जनाको पिसिआर परिक्षण गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij