मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

निर्माण बहुउद्देश्यीय सहकारीले भर्चुअल माध्यम वाट साधारण सभा गर्दै

निर्माण बहुउद्देश्यीय सहकारीले भर्चुअल माध्यम वाट साधारण सभा गर्दै

images
  • 507
    SHARES

  • images
    images
    images
    निर्माण बहुउद्देश्यीय सहकारीले भर्चुअल माध्यम वाट साधारण सभा गर्दै
    images
    images
    images

    कार्तिक २२,देवदह।रुपन्देहीको देवदहमा रहेको निर्माण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो आठौ साधारण सभा २०७७ मङ्सिर २० गते भर्चुअल माध्यम वाट गर्ने भएको छ। 

    संस्थाको २२ औ पूर्ण बैठक वाट मङ्सिर २० गते साधारण सभा गर्ने, साधारण सभामा प्रस्तुत हुने प्रतिबेदन तयारी गर्न शुभ चन्द्र भुषालको संयोजकत्वमा जयकिशन अधिकारी र सुशिला भण्डारी सदस्य रहने गरि समिति गठन गरिएको छ। साधारण सभाको तयारीको लागि संचालक उपसमिति वाट ३३ सदस्यीय प्रचार प्रसार उप समिति गठन गरिएको संस्थाले जानकारी दिएको छ। 

    images
    images
    images

    निर्माण बहुउद्देश्यीय सहकारी संस्था संचालक समितिका अध्यक्ष मोतीलाल ढकाल "कृष्ण "को अध्यक्षता,उपाध्यक्ष सुन्दरी गिरि ,संस्थाका पूर्व अध्यक्ष नेत्र प्रसाद काफ्ले ,राम प्रसाद कंडेल,संचालक समितीका पदाधिकारी,बिभिन्न उप समितीका सदस्यहरुको सहभागितामा बैठक सम्पन्न भएको थियो। 
    कार्यक्रम संस्थाका सचिब शुभ चन्द्र भुषालको संचालनमा भएको थियो। 

    २०७० सालमा स्थापना भएको सहकारीले छोटो समयमै सर्बसाधारणको मन जित्न सफल भएको छ। देवदह क्षेत्रकै नमुना सहकारी बनाउने योजना सहित अघि बढेको र कृषि र कृषकको लागि बिभिन्न कार्यक्रम तथा आयोजना ल्याउने संस्थाका अध्यक्ष मोतीलाल ढकाल "कृष्ण "ले जानकारी दिनुभयो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, कार्तिक २२ २०७७०६:५३:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij