कार्तिक २३,बुटवल।लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा यो बर्ष देउसी-भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना संक्रमण कोभिड-१९ को जोखिम कायम रहेको भन्दै देउसी-भैलो खेल्न प्रतिबन्ध लागेको हो।
शुभ दिपावली नजिकिदै गर्दा देउसी-भैलो नखेल्न , स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न ,अनावश्यक आवतजावत र भिडभाड नगर्न, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न ,भोज भतेर नगर्न तथा जो जहा छ त्यहि बसेर चाडपर्ब मनाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारि गरेको छ।
पटाका पट्काउने तथा आतिश बाजी गर्ने कार्य गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने साथै आगलागी भै जनधनको क्षेति हुने भएकोले विस्फोटक पदार्थहरु खरिद बिक्रि तथा ओसार पसार नगर्न समेत जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।
सुचनाको पूर्णरुपमा पालना गर्न र यदि सूचना बिपरित कार्य गरेको पाइएमा कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जारि गरेको सूचनामा उल्लेख गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij