कार्तिक २४ ,देवदह। रुपन्देहीको देवदह नगरपालिकाले नगरपालिका भित्र रहेका निजि तथा सामुदायिक बिद्यालयमा अटोमेटिक सेनिटाइजर मेसिन जडान गरिने भएको छ। अवस्था अनुकुल रहेको खण्डमा बिद्यालय संचालन गर्ने तयारी स्वरुप ३० वटा सामुदायिक विद्यालय, १७ संस्थागत विद्यालय र एक बहुमुखी क्याम्पसमा अटोमेटिक सेनिटाइजर मेसिन वितरण गरिने देवदह नगरपालिकाका उपप्रमुख बिद्या लक्ष्मी गुरुङले जानकारी दिनुभएको छ।

जस अन्तर्गत देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले भविष्य निर्माण मावि र एसियन लाइट बोडिङ स्कुल तथा उपप्रमुख विद्यालक्ष्मी गुरुङले केरवानी मावि र बुद्ध पब्लिक बोर्डिङ स्कुलमा सेनिटाइजर हस्तान्तरण गर्नु भएको हो।

स्वास्थ्य सम्बन्धि जिम्मेवारीलाई महत्त्व दिदै,बिद्यालय संचालनमा आउँदा बिद्यालयमा हुने जोखिमलाई मध्यनजर गर्दै ५ लिटर सेनिटाईजर सहित एक एक थान सेन्सर अटोमेटिक सेनिटाइजर मेसिन दिने निर्णय नगरपालिकाले गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij