कार्तिक २६,दोभान । पाल्पाको तिनाउ गाउँपालिकाले गाउँपालिका अन्तर्गत रहेका सामुदायिक बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री बितरण गरिएको छ।
मुख्य मन्त्रि ग्रामिण विकास कार्यक्रम अन्तर्गत सरस्वती आधारभुत बिद्यालय कचल र सिद्द आधारभुत बिद्यालय ठुलिउदाङको विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिले जानकारी दिनुभएको छ।

विद्यार्थीहरु शिक्षा बाट बन्चित नहुन र बिद्यालय प्रती आकर्षण बढोस भन्ने उद्देश्यले शैक्षिक सामाग्री बितरण गरिएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो।।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij