सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

"फ्रेस वे"सपिङ्ग सेन्टरको देवदह शाखा आज देखि संचालनमा

"फ्रेस वे"सपिङ्ग सेन्टरको देवदह शाखा आज देखि संचालनमा

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    "फ्रेस वे"सपिङ्ग सेन्टरको देवदह शाखा आज देखि संचालनमा
    images
    images
    images

    निर्मल एसपी मगर 

    रुपन्देहीको देवदहमा "फ्रेस वे" सपिङ्ग सेन्टरको शाखा आज देखि संचालनमा आएको छ।देवदहको खैरेनी मिलनचोकमा सबै किसिमका खाद्यान्न ,पहाडिया तरकारी तथा फलफुल ,अर्गानिक गेडागुडी ,कस्मेटिक,दुध तथा बेकरी,पेय पदार्थ तथा दैनिक उपभोग्य सामानहरु एकै ठाउँमा उपलब्ध हुने गरि सपिङ्ग सेन्टर संचालनमा आएको हो। 

    images
    images
    images

    सपिङ्ग सेन्टरको एक कार्यक्रमका बीच देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले उद्घाटन गर्नुभएको थियो। मेयर खत्रीले सपिङ्ग सेन्टरको सुभारम्भ गर्दै सफलताको शुभकामना दिनुभएको थियो। 

    "फ्रेस वे"को देवदहमा तेस्रो शाखा संचालनमा आएको हो। यस अघि तिलोत्तमाको जानकीनगर ,कपिलबस्तुको ४ नम्बर जितपुरमा यसको शाखा संचालनमा आइसकेको संचालक सबिन सुबेदीले जानकारी दिनुभयो। सबिन सुबेदी,रामराज शर्मा र प्रकाश घिमिरे लगायतका युवाहरु मिलेर "फ्रेस वे"संचालनमा ल्याएका हुन्। 

    पाल्पा र बुटवलको बेलबास सहित लुम्बिनी प्रदेश को बिभिन्न ठाउँहरुमा शाखा संचालनमा ल्याउने योजना रहेको संचालक सबिन सुबेदीले जानकारी दिनुभयो।दशैँ तिहार अर्थात चाडबाडको समयमा मात्र नभएर अरु समयमा पनि सहुलियत दरमै सामग्री उपलब्ध हुने सुबेदीले जानकारी दिनुभयो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, कार्तिक २६ २०७७०७:४५:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij