कार्तिक २७ ,देवदह। रुपन्देहीको देवदहमा थप ३ जनामा कोरोना (भाइरस कोभिड १९ )संक्रमण पुष्टी भएको छ।वडा नम्बर ३,४ र ९ का १ -१ जना गरि ३ जनामा कोरोना पोजेटिभ देखिएको हो। यो संगै देवदहमा कोरोना संक्रमण हुनेको संख्या ३ सय ४ पुगेको छ।
हाल सम्म २सय ३२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने ६२ जना संक्रमित आइसोलेसनमा उपचाररत छन्।
आज मात्रै देवदहमा थप १ जना कोरोना संक्रमितको निधन भएको छ। देवदह नगरपालिका वडा नम्बर ७ का ४७ बर्षीय पुरुषको कोरोना बिशेष हस्पिटलमा मृत्यु भएको हो। यो संगै देवदहमा कोरोनाका कारण ज्यान गुमौनेको संख्या १० पुगेको छ।
देवदह नगरपालिकाले हाल सम्म ९ सय ८४ जनाको पिसिआर परिक्षण गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij