कार्तिक २८ ,देवदह।रुपन्देहीको देवदह ३ मा स्वास्थ्य चौकी निर्माण निर्माण हुने भएको छ।स्वास्थ्य चौकी शिलन्यास कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद माननिय छबिलाल विश्वकर्मा, बिशिष्ट अतिथि प्रदेश शभा संसद माननिय डा कृष्ण न्यौपाने ,नगर प्रमूख हिरा बहादुर खत्री,नगर उपप्रमूख विद्यालक्ष्मी गुरुङ , वडा नम्बर ३ का वडाध्यक्ष बैकुण्ठ कुँवर लगाएतको उपस्थिति रहेको थियो।
३८ लाखको लागतमा २०७७ कार्तिक १५ गते देखि शुरु भएर २०७८ असार ६ गते भित्र सम्पन्न गर्ने गरि स्वास्थ्य चौकी भवन निर्माण शुरु भएको वडा नम्बर ३ का वडाध्यक्ष बैकुण्ठ कुँवरले जानकारी दिनुभएको छ। नर्थ साउथ इञ्जिनियरिङ्ग शर्भिस प्रालिले योजना निर्माणको ठेक्का लिएको छ।
३ वटा कोठा सहित सुबिधा सम्पन्न रुपमा निर्माण हुने स्वास्थ्य चौकी निर्माण पश्चात ग्रामिण तथा बिपन्न बर्गमा स्वास्थ्यको सहज पहुँच पुग्ने बिश्वास लिइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij