मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

हङकङ आगलागी अपडेट:हाल सम्म ११ जनाको मृत्यु ,७ नेपालीको सनाखत

हङकङ आगलागी अपडेट:हाल सम्म ११ जनाको मृत्यु ,७ नेपालीको सनाखत

images
  • 486
    SHARES

  • images
    images
    images
    हङकङ आगलागी अपडेट:हाल सम्म ११ जनाको मृत्यु ,७ नेपालीको सनाखत
    images
    images
    images

    मंसिर २,काठमाडौँ। हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । 
    मृतक ११ जनामध्ये सात नेपाली छन् । अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् ।

    आइतबार राति ८ बजेतिर लागोको आगोमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ छन् । यस्तै ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको सहारा हङकङका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।
    बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images

    जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा जन्मदिन  मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको प्रहरीले जनाएको छ ।
    प्रारम्भीक अनुसन्धानमा उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको हङकङ प्रहरीले जनाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, मंसिर २ २०७७०९:३५:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij