मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

दाङका एक युवकद्वारा ‘चिर्पट’ प्रहार गरी हजुरआमाको हत्या

दाङका एक युवकद्वारा ‘चिर्पट’ प्रहार गरी हजुरआमाको हत्या

images
  • 365
    SHARES

  • images
    images
    images
    दाङका एक युवकद्वारा ‘चिर्पट’ प्रहार गरी हजुरआमाको हत्या
    images
    images
    images

    मंसिर ८,दाङ। दाङमा एक युवकले चिर्पटले हानेर आफ्नै हजुरआमाको हत्या गरेका छन् ।

    गढवा गाउँपालिका १ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्ती ले ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेका हुन् । घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले टाउकोमा हानी घाईते बनाएका थिए ।

    घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

    कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, मंसिर ८ २०७७०७:२३:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij