मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रुपन्देहीमा सडक दुर्घटना बढ्यो ,तिलोत्तमा र देवदहमा आज मात्रै ३ जनाको मृत्यु

रुपन्देहीमा सडक दुर्घटना बढ्यो ,तिलोत्तमा र देवदहमा आज मात्रै ३ जनाको मृत्यु

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा सडक दुर्घटना बढ्यो ,तिलोत्तमा र देवदहमा आज मात्रै ३ जनाको मृत्यु
    images
    images
    images

    मंसिर ८,बुटवल।रुपन्देहीमा सडक दुर्घटनाका घटनामा बृद्दी भएको छ। आज मात्रै तिलोत्तमामा २ र देवदहमा १ गरि ३ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाएका छन। 

     तिलोत्तमामा मोटरसाइकल अनियन्त्रि भई सडकको डिभाईडरमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालीका–७ भलवारी स्थित सिद्वार्थ राजमार्ग सडक खण्डमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु २४ प ७५०६ नम्बरको मोटरसाइकल आइतबार राति आफै अनियन्त्रि भई सडकको डिभाईडर ठोक्किएको थियो ।

    images
    images
    images

    दुर्घटनामा परी मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय बिकाश चौधरी र मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २० वर्षीय हरि गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकरी दिएको छ।  दुर्घटनामा परी घाइते भएको दुवै जनाको उपचारको क्रममा आइतबार राति क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो।

    त्यस्तै देवदहमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु भएको छ। देवदहको गणेशनगरमा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको लु ४७ प ३२०२ नम्बरको मोटरसाइकल र पूर्व बाट पश्चिम आउँदै गरेको लु ६५ प ५८६२ नम्बरको मोटरसाईकल सोमबार दिउँसो एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको हो ।

    दुर्घटनामा परी लु ६५ प ८५६२ नम्बरको मोटरसाइकलका चालक पर्बत घर भई नवलपरासी प्रतापपुर–१ का ५८ वर्षका कमान सिह थापाको मृत्यु भएको देवदह प्रहरी चौकीले जानकारी दिएको छ। यस्तै लु ४७ प ३२०२ नम्बरको मोटरसाइकलका चालक पाल्पाको बगनासकाली गाउँपालिका–४ का ३२ वर्षका योगेन्द्र तिमिल्सेना र स्याङजाको कालीगण्डकी गाउँपालिका–५ का ४१ वर्षका गुणाखर भुसाल घाइते भएको प्रहरीले जनाएको छ ।

    मंसिर ७ गते हिजो मात्रै बुटवलको बसपार्क नजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पाल्पा निस्दी गाउँपालिका–३ का ३३ वर्षीय मान बहादुर सोतीको मृत्यु भएको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, मंसिर ८ २०७७०७:५३:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij