बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा निर्माणधिन लायन्स आँखा अस्पताल १ महिना भित्र संचालनमा आउने

देवदहमा निर्माणधिन लायन्स आँखा अस्पताल १ महिना भित्र संचालनमा आउने

images
  • 656
    SHARES

  • images
    images
    images
    देवदहमा निर्माणधिन लायन्स आँखा अस्पताल १ महिना भित्र संचालनमा आउने
    images
    images
    images

    मंसिर ९,देवदह।लायन्स क्लव अफ देवदहद्धारा देवदह नगरपालिका वडा नं. ५,खैरेनी बैकुण्ठनगरमा निर्माण गरिएको लायन्स आँखा अस्पतालमा चाँडै नै सुभारम्भ हुने भएको छ । उक्त भवनमा लायन्स आँखा अस्पताल सञ्चालन गर्नको लागि लायन्स क्लव अफ देवदह र बुटवल लायन्स आँखा अस्पताल बिच सम्झौता भइसकेको छ । 

    सोही क्रममा आज बुटवल लायन्स आँखा अस्पतालका सञ्चालक, डाक्टर लगायतको टोलीले आज देवदह लायन्स भवन को अवलोकन गरेको छ । बुटवल लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठ, डा. उपेन्द्र देव भारी लगायतले अवलोकन गर्नुभएको थियो । अवलोकनको क्रममा लायन्स क्लव अफ देवदहको तर्फबाट क्लवका चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन विष्णु प्रसाद पौडेल, लायन्स क्लव अफ देवदहका अध्यक्ष लायन राम बहादुर गुरुगं, पूर्व अध्यक्ष गुमान सिं के.सी., प्रथम उपाध्यक्ष लायन बिनोद थापा मगर, सचिव मन बहादुर क्षेत्री, लायन अजय चापागाई लगायतको उपस्थिती रहेको थियो ।

    images
    images
    images

    अबको केही दिनभित्र आँखा उपचारको लागि आवश्यक उपकरणहरु जडान हुने भएको छ । र क्लवले लायन्स भवन र अस्पताल क्लिनिक को औपचारिक सुभारम्भ एकैदिन भव्य रुपमा सम्पन्न गर्ने तयारी रहेको छ । उपचार सुभारम्भ भएपछि देवदह लगायत नवलपरासी, पाल्पा लगायतको सर्वसाधरणले स्वास्थ्य लाभ लिन सक्नेछ ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, मंसिर ९ २०७७०७:५७:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij