मंसिर १०,देवदह।रुपन्देहीको देवदहमा निर्माणधीन गौतम बुद्ध राष्ट्रिय उद्यानले पार्कको प्रचार प्रसारमा थप टेवा पुर्याउने उदेश्य सहित पार्क संग सम्बंद्गित गित बिमोचन गरेको छ।
उद्यानले आज एक कार्यक्रमको आयोजना गरि गित सार्बजनिक गरेको हो। गीतमा रास्ट्रिय कलाकार तेजु अर्यालको शब्द संगीत ,तेजु अर्याल एन बि नेपाली र अस्मिता क्षेत्रिको आवाज रहेको छ।

गौतम बुद्ध राष्ट्रिय उद्यानका अध्यक्ष टेक बहादुर रानाको अध्यक्षता ,देवदह नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष झिल्लु प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता ,वडा नम्बर ६ का वडा अध्यक्ष दामोदर क्षेत्रि,सब डिभिजन कार्यालय देवदहका चन्द्र बहादुर रानाभाटको बिशिष्ट आतिथ्यता,थमन सिङ्ग गुरुङको स्वागत र एन बि नेपालीको संचालनमा बिमोचन कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij