मंसिर १२,देवदह।रुपन्देहीको देवदह स्थित वडा नम्बर ९ मा पार्टी प्रवेश कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। पार्टी प्रवेश कार्यक्रममा नेकपा र नेपाली काङ्ग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरि दुई दर्जन बढी युवा राप्रपामा प्रवेश गरेका छन्।
देवदह नगरपालिका नगर अध्यक्ष माधव रिमालले पार्टी प्रवेश कार्यक्रममा आफ्नो भनाइ राख्दै युवाहरूको जोश ,जागर,उमँग र पाटी प्रतिको बिश्वास पार्टीको लागि सहि मार्ग निर्देशन गर्ने बताउनु भएको थियो।

कार्यक्रम राष्ट्रिय प्रजातान्त्र पाटी राप्रपा वडा न ९ का युवा संगठन अध्यक्ष धनराज भुर्तेलको अध्यक्षता राष्ट्रिय प्रजातान्त्र पाटीका केन्द्रीय सदस्य तोयनाथ लम्सालको प्रमुख आतिथ्यता ,देवदह नगरपालिका नगर अध्यक्ष माधव रिमालको विशेष आतिथ्यता,देवदह नगरपालिका वडा न ९ का वडा अध्यक्ष लक्ष्मण चौधरी लगायत देवदहका बिभिन्न वडाका युवाहरुको सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij