मगर संसार(Magar sansar) फोटो ग्यालरी ग्रुपले मगर समुदायको पहिलो ब्यक्ति सन् २००१ मा सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुहुने गुल्मी जन्म हाल रूपन्देही - देवदह-७,सितलनगर बस्नुहुने तिल बिक्रम बुढाथोकी मगरलाई मगर समुदायको नाम उच्च राख्न सफल हुनु भएकोमा उहाँको साहसी कार्यको उच्च सम्मान गर्दै मिति २०७७ मंसिर १३ गते देउसी/भैलो #प्रतियोगिता को उत्कृष्ट पुरस्कार बितरण गर्ने क्रममा उहाँ र उहाको धर्म पत्नी धनमाया बुढाथोकीमगर ज्यू लाई देवदह-सितलनगरमा मगर संसार ग्रुपका एडमिन हरु तिर्शना झेंडी मगर, प्रिया राना मगर र अञ्जलि राना मगरले सम्मान गर्दै खादा ओढाई सम्मान पत्र प्रदान गर्नु भएको छ।

तिल बिक्रम ज्यूले सन २००१ र २००३ मा गरि दुइ पल्ट सफल आरोहण गरिसकेको र अन्य धेरै हिमाल आरोहण गरेको पनि जानकारी दिनु भएको थियो।

आजसम्म मगर समुदायबाट कसले सगरमाथा पहिला चढ़े भन्ने बिषयमा भने एकिंग तथ्यांक नभएपनि उहा नै पहिलो भएको र सन 2001 भन्दा अघि मगर समुदाय बाट कसैले चढेको छ भने दाबी गर्न सकिने र पछिल्लो समय मा भने मगर समुदायबाट सगरमाथा आरोहण गर्ने मगर को संख्या धेरै रहेको छ।
संस्थाका पदाधिकारी
#अध्यक्ष/संस्थापक/ :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया )
#वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)
#उपाध्यक्ष :- एम्बी मगर ( सिन्धुली, हाल युएई)
#उपाध्यक्ष:- रन्जु मगर(धादिङ)
#भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)
#भाषिक उपाध्यक्ष: शान्ति राना मगर(स्याङजा)
#महा-सचिव:- छिनिङ मगर(सुर्खेत)
#सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)
#सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)
#सचिव :- आयुष्मा मगर(पाँचथर)
#कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)
#सदस्य:-
- लक्ष्मी थापा मगर(चितवन)
- मोनीका मगरनी(पोखरा, हाल जापान)
- अञ्जली राना मगर(बुटवल)
- प्रिया राना मगर(नवलपरासी)
#सल्लाहकारहरु:-
- मन मास्की राना मगर(पोखरा, हाल इजरायल)
- बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)
- ज्योती रजालीमगर(चितवन, हाल UK)
- माया घर्तीमगर(पाल्पा, हाल Ktm)
: समस्त मगर संसार एडमीन समिति परिवार
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij