मंसिर १५ ,देवदह। रुपन्देहीको देवदहमा २५ करोडको लगानीमा गार्मेन्ट उद्योग संचालनमा आउने भएको छ। आवास ग्रुपले तिलोत्तमा र देवदहमा गरि आज एकै दिन दुई वटा नया उद्योग शिलान्यास गरेको हो।
तिलोत्तमा-१७, गंगोलियामा ज्याकोर पाईप एण्ड फिटिङ कम्पनीको भवन तथा देवदह-१०, भलुहीमा आवास ग्रुपको डुगारी गार्मेन्ट उद्योग शिलन्यास गरिएको हो।

देवदहको भलुहिमा एक समारोहका बिच देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्री, वडा नं १० वडाअध्यक्ष एक बहादुर सुनार, संचालक यज्ञश्वर थैव, राजेश थैवसहित थैव परिवारले नया उद्योग भवनको विधिवत रुपमा शिलन्यास गरेका हुन ।
तिलोत्तमामा २० करोड रुपैयाको लगानीमा बन्न लागेको कम्पनीमा पिभिसि, एचडिपि, सिपिभिसि, युपिभिसि लगायत पाईप एण्ड फिटिङका सामान उत्पादन हुनेछ भने गार्मेन्ट उद्योगमा जिन्स पाइन्ट र जुत्ता लगायत उत्पादन हुनेछन।
उद्योग संचालनमा आएपछि ५ सय जनाले रोजगार पाउने आवास ग्रुपका संचालक महेश थैवले बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij