मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

व्यक्ति समाज र सबैको सहकार्य भए लैंगिक हिँसा अन्त्य गर्न सकिने

व्यक्ति समाज र सबैको सहकार्य भए लैंगिक हिँसा अन्त्य गर्न सकिने

images
  • 505
    SHARES

  • images
    images
    images
    व्यक्ति समाज र सबैको सहकार्य भए लैंगिक हिँसा अन्त्य गर्न सकिने
    images
    images
    images

    मंसिर १६ ,देवदह। रुपन्देहीको देवदहमा उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत लैंगिक हिँसा बिरुद्द १६ दिने अभियानको आज सातौ दिन  "लैंगिक हिंसा अन्त्यको प्रतिबद्दता,व्यक्ति समाज र सबैको एक्यबद्दता" बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

    उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत ,लैंगिक हिंसा बिरुद्द १६ दिने अभियानका बिषयमा नगर उपप्रमुख तथा कार्यक्रमका अध्यक्ष बिद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकालाई हिँसा मुक्त नगर बनाउन कार्यक्रम फलदायी रहने बताउनु भएको छ। २०५४ देखि नेपालमा महिला हिंसा बिरुद्दको दिवस मनाउन सुरु गरिएको र पछिल्लो चरणमा आइपुग्दा लैंगिक हिँसा बिरुद्दको दिवस अभियानकै रुपमा संचालनमा रहेको र समाज परिवर्तनको सुरुवात आफै वाट गर्नुपर्ने बताउनु भएको थियो। महिला सशक्तिकरणका लागि तालिम सिप सिकाई तथा आयआर्जनका कार्यक्रम गरिएको उपप्रमुख गुरुङले  बताउनु भयो। कोभिडका कारण सबै वडा वाट प्रतिनिधि सहभागी गरौँ नसकिएको र बाँकी रहेका सबै वार्डका प्रतिनिधिलाई समेटेर कार्यक्रम संचालन गरिने उपप्रमुख  गुरुङले बताउनु भयो। 

    images
    images
    images

    कार्यक्रममा आफ्ना भनाई राख्दै देवदह नगरपालिकाका नगरप्रमुख तथा प्रमुख अतिथि हिरा बहादुर खत्रीले लैंगिक हिंसा न्यूनीकरण गर्न ,विकृति विसंगति बिरुद्द लड्न नगरपालिका प्रतिबद्द रहेको बताउनुभएको थियो। परिवर्तन भएका कुरालाई आत्मसाथ गर्दै कानुनमा लेखिएका कुरालाई व्यहवारमा उतार्नुपर्ने नगरप्रमुख खत्रीको भनाई रहेको थियो। 

    देवदह नगरपालिकालाई हिँसा मुक्त नगर बनाउन  व्यक्ति समाज र सबैको एक्यबद्दता" र सहकार्यको आवश्यकता रहेको नगरप्रमुख खत्रीले बताउनु भएको थियो। 

    कार्यक्रममा देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, नेकपा नगर कमिटिका सचिब मन कुमार कनौजे ,राप्रपा केन्द्रिय पार्षद तथा देवदह नगर अध्यक्ष माधब रिमालले लैंगिक हिँसाका कारण र न्यूनीकरणको बिषयमा आफ्ना भनाई राख्नु भएको थियो। 

    अन्तरक्रिया कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदम थापा ,वडा नम्बर १० का वडा अध्यक्ष एक बहादुर सुनार ,संचारकर्मी ,प्रतिनिधि मुलक मेलमिलाप कर्ताको सहभागिता रहेको थियो। इन्दिरा अर्यालले लैंगिक हिँसाका न्यूनीकरण बिषयमा चर्चा र सहजीकरण गर्नु भएको छ । 

    कार्यक्रम अभियानका महिला सदस्य रेनुका आलेको स्वागत र सरस्वति पोखरेलको संचालनमा सम्पन्न भएको थियो। 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, मंसिर १६ २०७७०७:००:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij