मंसिर २३,देवदह।देवदह नगरपालिकाले ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ निति अनुसार देवदह ९ मा स्थापना गर्न लागेको स्वास्थ्य चौकी देवदह मण्डप क्षेत्रमा बन्न लागेको भन्दै देवदह क्षेत्रका उद्योग व्यापार व्यसायिक संस्थाहरुले स्वास्थ्य चौकी अन्यत्र स्थान्तरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन्।

बिभिन्न संघ संस्था ,नगरपालिकाले मण्डपमा मेला महोत्सव तथा ठुला ठुला कार्यक्रम संचालन गर्दा सेवाग्राही (बिरामी )हरुमा पर्न जाने ध्वनि प्रदुषणबाट पर्न जाने असरका बारेमा बेलैमा सचेत रहन समेत व्यसायिक संस्थाहरुले ध्यानाकर्षण गराएका छन्।
देवदह उद्योग बाणिज्य संघ बाट संघका उपाध्यक्ष प्रमोद खनाल ,उद्योग व्यापार संघ देवदहको तर्फ बाट बरिस्ठ उपाध्यक्ष मेघराज ढकाल र देवदह व्यापार संघको तर्फ बाट अध्यक्ष कोष बहादुर गुरुङद्वारा हस्ताक्षर गरिएको बिज्ञप्ति देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष केशब भट्टराइलाई हस्तान्तरण गरिएको थियो।
देवदह ९ को घोडाहा क्षेत्रमा एउटा मेडिकल पनि नरहेको अवस्थामा स्वास्थ्य चौकी बनाउन लागिएको र समय पनि ढिलो भैसकेको कारण देवदह मण्डप बाट स्वास्थ्य चौकी अन्यत्र सार्ने अवस्था नरहेको बरु मण्डपको उत्तर भाग तिर जग्गा खाली भएको कारण मण्डपको क्षेत्र विस्तार गर्न सकिने वडा नम्बर ९ का वडा अध्यक्ष केशब भट्टराइले बताउनु भयो।
व्यसायिक संस्थाले बुझाएको ज्ञापनपत्र बुझ्दै वडा अध्यक्ष भट्टराइले तत्काल अन्य ठाउमा सार्ने जग्गा पनि नभएको अवस्था रहेको बताउदै के कसरि समस्या समाधान गर्न सकिन्छ,नगरपालिका संग बसेर चहलपह गरे पछि निकास निकालिने बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij