सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

"लैंगिक हिंसा अन्त्यको प्रतिबद्दता,व्यक्ति समाज र सबैको एक्यबद्दता" बिषयक दोस्रो चरणको अन्तरक्रिया सम्पन्न

"लैंगिक हिंसा अन्त्यको प्रतिबद्दता,व्यक्ति समाज र सबैको एक्यबद्दता" बिषयक दोस्रो चरणको अन्तरक्रिया सम्पन्न

images
  • 514
    SHARES

  • images
    images
    images
    "लैंगिक हिंसा अन्त्यको प्रतिबद्दता,व्यक्ति समाज र सबैको एक्यबद्दता" बिषयक दोस्रो चरणको अन्तरक्रिया सम्पन्न
    images
    images
    images

    मंसिर २३,देवदह।रुपन्देहीको देवदहमा उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत लैंगिक हिँसा बिरुद्द १६ दिने अभियानको आज १३ औ दिन "लैंगिक हिंसा अन्त्यको प्रतिबद्दता,व्यक्ति समाज र सबैको एक्यबद्दता" बिषयक दोस्रो चरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

    उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत ,लैंगिक हिंसा बिरुद्द १६ दिने अभियानका बिषयमा नगर उपप्रमुख तथा कार्यक्रमका अध्यक्ष बिद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकालाई हिँसा मुक्त नगर बनाउन कार्यक्रम फलदायी रहने बताउनु भएको छ।देवदह नगरपालिकामा रहेका १२ वडा मध्य पहिलो चरणमा १६ गते ५,६,७,८,९,१० र दोस्रो चरणमा आज २३ गते १,२,३,४,११,१२, वडाका मेलमिलाप कर्ता संग अन्तरक्रिया र सहजीकरण गरिएको उपप्रमुख गुरुङले बताउनु भएको छ। 

    images
    images
    images

    कार्यक्रममा आफ्ना भनाई राख्दै देवदह नगरपालिकाका नगरप्रमुख तथा प्रमुख अतिथि हिरा बहादुर खत्री, देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, नेकपा नगर कमिटिका सचिब मन कुमार कनौजे ,देवदह नगरपालिकाका प्रबक्ता झिल्लु प्रसाद न्यौपाने ,नेपाली कांग्रेसका गुनाखर भुर्तेल ,तेस्रो लिंगि बाट प्रतिनिधित्व गर्दै आउनुभएका मानव अधिकार कर्मी तथा संचार कर्मी आनीक राना लगायतले आआफ्ना भनाइ राख्नु भएको थियो। 

    देवदह नगरपालिकाका १२ वटा वार्ड बाट ७६ जना मेलमिलाप कर्ता सुचिकृत भएको र महिला अधिकारकर्मी तथा बरिस्ठ संचारकर्मी इन्दिरा अर्यालले लैंगिक हिँसाका न्यूनीकरण बिषयमा चर्चा र सहजीकरण गर्नु भएको छ ।

    कार्यक्रम अभियानका महिला सदस्य पूर्णकाली खरेलको स्वागत र सरस्वति पोखरेलको संचालनमा सम्पन्न भएको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, मंसिर २३ २०७७०८:५७:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij