मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गौतमबुद्व कप क्रिकेट प्रतियोगिता २७ देखि ३० गतेसम्म संचालन हुँदै

गौतमबुद्व कप क्रिकेट प्रतियोगिता २७ देखि ३० गतेसम्म संचालन हुँदै

images
  • 375
    SHARES

  • images
    images
    images
    गौतमबुद्व कप क्रिकेट प्रतियोगिता २७ देखि ३० गतेसम्म संचालन हुँदै
    images
    images
    images


    काठमाडौं । कोरोना भाइरस माहामारीको कारण शून्य रहेको क्रिकेट गतिबिधिलाई अगाडि बढाउने उद्देश्यले चितवनमा मंसिर २७ बाट हुने गौतमबुद्व कप क्रिकेट प्रतियोगिताका लागि टोली नाम र खेलाडीहरु सार्वजनिक गरिएको छ । वाग्मती प्रदेश क्रिकेट संघको आयोजना र भरतपुर महानगरको प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता मंसिर २७ देखि ३० गतेसम्म चल्ने छ । प्रतियोगितामा हाल क्यानको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको सहभागिता रहनेछ।

    प्रतियोगितामा वाग्मती टोली, नारायणी टोली र राप्ती टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । वाग्मती टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ल, नारायणी टोलीको कप्तानमा पारस खडका र राप्ती टोलीको कप्तानमा बिनोद भण्डारी रहेका छन । हाल क्याम्पमा रहेका खेलाडीहरु खेलाडीहरु मंसिर २६ गते चितवन प्रस्थान गर्नेछन । प्रतियोगिताका लागि छनोट गरिएका खेलाडीहरुको १ दिनपहिले पिसिआर परिक्षण हुनेछ। उनीहरुको रिपोर्ट आएपछि मात्र टिममा सामेल हुनेछन। प्रतियोगिता आयोजनाको लागि भरतपुर महानगरपालिका र बाग्मती प्रदेश क्रिकेट संघबीच पहिलो चरणको सम्झौता सम्पन्न भएको छ। जसअनुसार पहिलो चरणमा भरतपुर महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। प्रतियोगिता गर्न कुल २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकम गौतमबुद्व अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको लागि खर्च गरिनेछ।

    images
    images
    images

    टिम र खेलाडीहरुको नामाबली 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, मंसिर २४ २०७७०७:४४:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij