मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको लभ परेपछि यसरी भयो विवाह

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको लभ परेपछि यसरी भयो विवाह

images
  • 427
    SHARES

  • images
    images
    images
    गाउँपालिका अध्यक्ष र उपाध्यक्षको लभ परेपछि यसरी भयो विवाह
    images
    images
    images

    मंसिर २६,पोखरा।कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार विवाह भएको छ ।

    सम्भवतः नेपालमा पहिलोपटक बहालवाला गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको हो । शुक्रबार हेम्जास्थित गुम्बामा विवाह भएको छ । सो गुम्बामा भएको विवाह समारोहमा प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ थिए ।

    images
    images
    images

    मुख्यमन्त्री गुरुङले विवाहित अध्यक्ष र उपाध्यक्षलाई टीका लगाइदिँदै बधाई र शुभकामना दिए । मुख्यमन्त्री र गाउँपालिका अध्यक्ष नाताले सोल्टी–सोल्टी हुन् ।

    विवाहमा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ लगायतका मन्त्री, नेताहरु उपस्थित छन् ।

    विवाह कार्यक्रममा आफ्नो विवाहबारे अध्यक्ष कर्णबहादुरले भने, ‘शर्मिलाजी र म बीच विवाह गर्ने विषयमा सहमति भयो । परिवारको पनि स्वीकृतिमा मागी विवाह गरेका हौं ।’

    कोरोनाका कारण सबैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनले बताए । कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, मंसिर २६ २०७७०६:३०:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij