मंसिर २६,काठमाडौं। क्रिकेट खेलाडी पारस खड्कालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ।उनको शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पारसले फेसबुकमा लेखेका छन् ।
उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्डअनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् । उनले चितवनमा हुने गाैतम बुद्ध कप गुमाउने भएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij