सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह ८ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन शिलन्यास

देवदह ८ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन शिलन्यास

images
  • 549
    SHARES

  • images
    images
    images
    देवदह ८ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन शिलन्यास
    images
    images
    images

    सुरज भट्टराई, देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ स्थित बिशालनगरमा आज आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको शिलन्यास गरिएको छ । प्रदेश नं ५, प्रतिनिधि सभा सदस्य माननीय छबिलाल बिश्वकर्माले एक कार्यक्रमका बिच आधार भुत स्वास्थ्य केन्द्रको भवन शिलन्यास गर्नु भएको हो । भवनको शिलन्यास गदै विश्वकर्माले प्रत्येक वडामा आधारभुत स्तरको स्वास्थय कार्यलय निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार नै स्थानीय तहका प्रत्येक वडामा यस खालका पुर्वधार निर्माणका काम अगाडी बढाईएको उहाले बताउनु भयो । साथै उहाँले कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले खेलेको भुमिकाको उच्च प्रशशां गर्दै आगामी दिनमा पनि विपदको समयमा सबै एकजुट भएर सामना गर्नुपर्ने स्पष्ट पार्नुभएको थियो ।

    images
    images
    images

    भवन शिलन्यास कार्यक्रममा प्रदेश नं ५ प्रदेश सभा सदस्य माननीय डा.कृष्ण न्यौपाने, देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत पितम्बर पाण्डे, देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापा, नगर कार्यपालिका सदस्य बन्दु कुमाल, सावित्री अर्याल , जानकी न्यौपाने , प्रकाश अर्याल, देवदह नगरपालिकाका जनस्वास्थ्य अधिकृत काशिनाथ वञ्जाडे , यम राना आदि लगाएतको सहभागीता रहनुका साथै वडा न ८ का स्थानीय बासीको सहभागीता रहेको थियो ।

    कार्यक्रम देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष डण्डापानी भट्टराईको अध्यक्षयता , देवदह नगरपालिका न्यायिक समिती सदस्य तथा वडा नं ८ महिला वडा सदस्य देबु भट्टराईको स्वागत र वडा सचिब राम प्रसाद शर्माको संचालनमा भएको थियो ।

    भवन देवदह नगरपालिका वडा नं ८ स्थित बुधबारे हाटबजार छेउमा निमार्ण हुन लागेको हो । यश अघि भने देवदह नगरपालिका वडा नं ३ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको शिलन्यास भैसकेको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, मंसिर २७ २०७७०६:५७:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij