मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

शिक्षकहरु ठेक्कापट्टा र राजनीतिमा नअल्मलिनु:शिक्षामन्त्री पोखरेल

शिक्षकहरु ठेक्कापट्टा र राजनीतिमा नअल्मलिनु:शिक्षामन्त्री पोखरेल

images
  • 398
    SHARES

  • images
    images
    images
    शिक्षकहरु ठेक्कापट्टा र राजनीतिमा नअल्मलिनु:शिक्षामन्त्री पोखरेल
    images
    images
    images

    मंसिर २७,झापा।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् । 

    मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताए ।

    images
    images
    images

    झापाको नमूना विद्यालयका रुपमा चिनिएको आदर्श माविमा संघीय सरकारको १६ लाख र प्रदेश नम्बर १ सरकारको ६ लाख ५० हजार गरी कूल २२ लाख ५० हजारका लागतमा विद्यालय परिसरमा पुस्तकालय भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले बताए ।

    यसअघि मन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका नाममा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडमा सञ्चालित बहुप्राविधिक शिक्षालयको शनिबार बिहान उद्घाटन गरेका थिए । बिर्तामोड नगरपालिका–४ मा भवन भाडामा लिएर सञ्चालित शिक्षालयमा कृषि, जीव र वनविज्ञान सम्बन्धी पढाइ हुनेछ ।

    शिक्षालयमा १२० जनाले तीनवर्षे डिप्लोमा तहको अध्ययनको अवसर पाउने प्रतिष्ठान झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताए । उनले शिक्षालयले जग्गा भाडामा लिएको र दुई वर्षभित्र आफ्नै भवनसमेत बनाउने तयारी गरिरहेको जानकारी दिए ।रासस 




    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, मंसिर २७ २०७७०७:२४:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij