मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

काँग्रेसले संसद विघटन विरुद्धदेशव्यापी प्रदर्शन गर्ने

काँग्रेसले संसद विघटन विरुद्धदेशव्यापी प्रदर्शन गर्ने

images
  • 619
    SHARES

  • images
    images
    images
    काँग्रेसले संसद विघटन विरुद्धदेशव्यापी प्रदर्शन गर्ने
    images
    images
    images

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताए । प्रदर्शनको मति र कार्यक्रम भोलि ९ गते बस्ने बैठकले तय गर्ने उनको भनाइ छ ।

    बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा जानुपर्नेमा जोड दिएपछि सभापति शरबहादुर देउवाले पुस १६ मा कार्यक्रम गर्ने भनेका थिए । तर त्यो दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन विरोध कार्यक्रम भन्दै नेताहरुले प्रश्न गरे । त्यसपछि भोलि बस्ने बैठकले देशभर प्रदर्शनको मिति र  कार्यक्रम तय गर्ने शर्माले बताए । 
    काँग्रेस केन्द्रीय समिति बैठक भोली दिउँसो १ बजे बस्ने गरी स्थिगित भएको छ । यद्यपि बैठकले पुष १६ गते मेलमिलाप दिवस मनाउने निर्णय बैठकले गरेको छ ।  प्रवक्ता शर्माले पुष ५ गते संसद विघटनपछि बसेको काँग्रेसको पदाधिकारी बैठक र काँग्रैसकै संयोजनमा बसेको सर्वदलीय बैठकले संसद विघटनको कदमलाई असंवैधानिक भनी ठहर गरिसकेको उनको भनाइ थियो । 

    images
    images
    images

    बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटनको कदमलाई असंवैधानिक, निरंकुशतातर्फ लक्षित र सर्वसत्तावादलाई बढावा दिन खोजेको धारणा राखेको पनि जानकारी दिए । बैठकले सबै लोकतन्त्रवादी, संविधानको पक्षधर, निरंकुशता र सर्वसत्तावादका बिरोधी सबैलाई संविधानको रक्षा गर्न एकताबद्ध हुन पनि आग्रह गरेको छ ।

    बुधबारको बैठकमा रामशरण महत, गगन कुमार थापा, बलबहादुर केसी र आनन्द ढुंगानाले आ आफ्नो धारणा राखेका थिए । बैठकले काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सबै कोरोना संक्रमित पार्टी सदस्य तथा सर्वसाधरणको स्वास्थ्य लाभको कामना गरेको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, पौष ८ २०७७०७:१०:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij