मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लगातार सात वर्षसम्म दाजुबाट बहिनी बलात्कृत भएको घटना बाहिरियो

लगातार सात वर्षसम्म दाजुबाट बहिनी बलात्कृत भएको घटना बाहिरियो

images
  • 289
    SHARES

  • images
    images
    images
    लगातार सात वर्षसम्म दाजुबाट बहिनी बलात्कृत भएको घटना बाहिरियो
    images
    images
    images

    पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार गरेको घटना सार्बजनिक भएको छ। जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि  दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको हो ।

    सात वर्षदेखि १४ वर्षको उमेरसम्म लगातार बलात्कार गरेको भन्दै दाजुविरुद्ध बहिनीले अदालतमा हाडनाता करणीको मुद्दा हालेपछि घटनाको रहस्य बाहिर आएको हो ।

    images
    images
    images

    गत मङ्सिर २३ गते पीडित युवतीले हाडनाता करणीअन्तर्गत मुद्दा दिएको अदालतले जनाएको छ । पीडित युवतीका अनुसार ओढारखोलास्थित घरमा दाजुले लगातार बलात्कार गर्ने गरेका थिए ।

    तत्कालीन समयमा पाल्पाको तानसेनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले आफू बस्ने कोठामा लगेर पटकपटक बलात्कार गर्ने गर्थे । सानै उमेरमा बलात्कार भएका कारण परिवारलाई पिडा हुने देखेर बाहिर बोल्ने आँट नगरेको भए पनि अहिले बुबा आमाको मृत्यु भएपछि दाजुविरुद्ध अदालतमा जाहेरी दिएको युवतीको भनाइ छ । “म सानै भएकाले पहिले त मैले यसबारे कसैलाई भन्न सकिन, विस्तारै ठूली हुँदा बुबा आमालाई पीडा हुन्छ की भनेर मौन रहेँ”, पीडित महिलाले भन्नुभयो, “अहिले बुवा आमा पनि बित्नुभयो र आँँट गरेर उजुरी हालेँ ।”

    सानै हुँदा बलात्कारका बारेमा भन्न नसके पनि ठूली भएर भन्न खोज्दा दाईले घरमा बाँधेर राख्ने गरेको पिडा सुनाउँदै उहाँले त्यसपछि आफू भागेर काठमाडौँ भएको बताउनुभयो । बाँधेर राखेपछि म धेरै कमजोर भएँ तर मेरो बारेमा बोलिदिने कोही भएन, दाजुको व्यवहारले घरमा बस्न मन नभएपछि भागेर हिँडेको उहाँले सुनाउनुभयो ।

    लगातारको बलात्कारका कारण अहिलेसम्म मानसिक यातना भोग्नुपरेको पीडित युवतीको गुनासो छ । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले विभिन्न औषधि खुवाएर बलात्कार गर्ने । “आफ्नै दाइले यस्तो गर्छ भनेर मैले सोचेकी थिइन्, असह्य पिडाले मलाई मानसिक समस्या भयो”, उहाँले भन्नुभयो, “डाक्टरसँग परामर्श लिएर उपचार गरेपछि मानसिक समस्याबाट छुटकारा पाएँ ।”

    करीब चार वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको अनुभव सुनाउँदै पीडत युवतीले अब सात वर्षसम्म सहेको बलात्कारको पिडा र अहिलेसम्म भोगेको मानसिक यातनाविरुद्ध न्याय खोज्न नेपाल फर्किएको बताउनुहुन्छ । “तीन महिनाको अन्तरालमा बुवा र आमा गुमाए, कोरोना सङ्क्रमित भएकाले मुख देख्न आउन पाइन, मन सम्हालेर आफूमाथि भएको अन्याय विरुद्ध न्यायका लागि अदालतको ढोका ढक्ढकाएकी छु”, पीडित युवती भन्नुहुन्छ, “न्याय मरेको छैन भने आवश्यक पाउनेछु भन्ने आशा छ ।”

    मुलुकी अपराध संहिता २०७४ अनुसार हाडनातामा करणी भएमा जन्मकैददेखि १० वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, पौष ८ २०७७०७:३८:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij