मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

२५ वटा गाडी बाेकेर काठमाडौं भित्र्याउने घलानको निधन

२५ वटा गाडी बाेकेर काठमाडौं भित्र्याउने घलानको निधन

images
  • 363
    SHARES

  • images
    images
    images
    २५ वटा गाडी बाेकेर काठमाडौं भित्र्याउने घलानको निधन
    images
    images
    images

    त्रिभुवन राजपथ बन्नुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका–५ पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा मंगलबार राति निधन भएको हो ।

    मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।

    images
    images
    images

    दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए ।

    जीवनभर २५ गाडी बाेकेका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गरेका थिए । उनले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रैबोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए । राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए ।

    आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाएका थिए। एक वर्षदेखि पक्षाघातले थलिएका उनी घरमै बसेर आराम गरिरहेका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, पौष ८ २०७७०८:१९:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij