पुष १४ ,काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको कार्यकाल खेर फालेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वलाई चकित पार्ने काम गरेको दाबी गर्ने गरेको तर जनतामा त्यसको प्रभाव नपरेको भन्दै उनले तीन बजेट एवं नीति तथा कार्यक्रम ल्याउँदा पुँजीवादी ल्याएको र त्यसले जनताको दैनिक जीवनमा कुनै प्रभाव नपारेको भन्दै खनालले असन्तुष्टि व्यक्त गरेका हुन् ।
संसद् विघटनको विरुद्धमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै खनालले भने, ‘३ वर्ष खेर गएको छ । उहाँलाई किन काम गर्न सक्नुभएन भन्दाखेरि उहाँले विश्वलाई चकित पार्ने गरी काम गरराखेको छु, तपाईंहरूमात्रै देख्नुहुन्न भन्नुहुन्थ्यो । धरहरा, रानीपोखरी बनाएको छु भन्नुहुन्थ्यो । तर रानीपोखरी धरहरा त सिकर्मीले बनाएका हुन् ।’
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij