बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बँदेलको आक्रमणबाट दाङमा चार घाइते

बँदेलको आक्रमणबाट दाङमा चार घाइते

images
  • 425
    SHARES

  • images
    images
    images
    बँदेलको आक्रमणबाट दाङमा चार घाइते
    images
    images
    images

    दाङमा जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।घाइते हुनेमा लमही नगरपालिका–१ बरूवागाउँका ४० वर्षीया हिरादेवी चौधरी, वडा नं २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन् ।

    घाँस दाउरा काट्न आज १० बजेतिर नजिकैको सामुदायिक वनमा गएको अवस्थामा बँदेलको आक्रमणबाट उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बँदेलले उनीहरुको खुट्टामा आक्रमण गरेको छ । घाइतेमध्ये शिरीष र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल सिफारिस गरिएको छ । धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, पौष १८ २०७७०७:०७:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij