पौष १९ देवदह।नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का स्थायी समिति सदस्य तथा पूर्व कृषि मन्त्री घनश्याम भुसालले दलाल पुँजीवाद हावी हुँदा जनताको सपना चकनाचुर भएको बताएका छन्। नेकपा प्रचण्ड-नेपाल समुह देवदह नगरपालिकाको विस्तारित नगर भेलालाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकबादको कारण पार्टी भित्र कुरा उठेको र सोहि कारण काम गर्न नदिएको भनि अफवाह फैलाएको बताए।

संबिधानको रक्षा र पार्टी एकता बचाउने हो भने संसद पुनर्स्थापना गर्नुपर्ने बताउदै भुसालले सम्मानित सर्बोच्च अदालतले संसद पुनर्स्थापना गर्नेमा आफु बिश्वस्त भएको बताए।

कार्यक्रममा नेकपा रुपन्देहीका सचिव निर्मल जीसि, जिल्ला नेताहरु गोबिन्द पंगेनी, सिद्दि चरण भट्टराई , लिलाधर मरासिनी लगायतले आफ्ना भनाइ राखेका थिए।
नेकपा नगर सचिब मन कुमार कनौजेको अध्यक्षता नेकपा देवदह कार्यालय सदस्य हिरा बहादुर थापाको स्वागत र नेकपा नेता टंक पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij