बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे

माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे

images
  • 335
    SHARES

  • images
    images
    images
    माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे
    images
    images
    images

    नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालको पदीय स्वार्थकै कारण यो अवस्था सिर्जना भएको बताएका छन् ।

    चितवनमा कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले भने, ‘सत्ता स्वार्थ र पदीय लोभकै कारण यो अवस्था आएको हो, उनले पार्टी एकता भन्दा पद ठूलो मान्नुभयो ।’दुई अध्यक्ष प्रणालीकै कारण पार्टी एकता संकटमा पुगेको पनि उनको भनाइ थियो।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले पार्टी एकताका रक्षाका लागि पटक-पटक पहल गर्दासमेत प्रचण्ड–माधव पक्षले कुरा नसुनेको उनले आरोप लगाए । सरकारलाई काम गर्न नदिएकै कारण नयाँ जनादेशमा जान संसद विघटन गरिएको उनको स्पष्टोक्ति थियो।

    प्रचण्ड–माधव पक्षलाई निर्वाचन हुँदैन भन्ने भ्रम लागेकाले त्यसबाट मुक्त हुन पनि उनले आग्रह गरे।उनले माधवकुमार नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउकोमा हान्न खोज्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा पुगेको आरोप समेत लगाए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, पौष २० २०७७०६:१०:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij