बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रचण्ड-माधव पक्षले प्रदेश इन्चार्जबाट गुरुङ पोखरेललाई हटायो

प्रचण्ड-माधव पक्षले प्रदेश इन्चार्जबाट गुरुङ पोखरेललाई हटायो

images
  • 389
    SHARES

  • images
    images
    images
    प्रचण्ड-माधव पक्षले प्रदेश इन्चार्जबाट गुरुङ पोखरेललाई हटायो
    images
    images
    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ।सोमबार बसेको प्रचण्ड -नेपाल पक्षको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरेको हो । पोखरेल र गुरुङ सम्बन्धित प्रदेशको मुख्यमन्त्री समेत हुन् । 

    पोखरेल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।गुरुङका अनुसार प्रदेश कमिटी सदस्य गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ।संसद विघटनपछि नेकपा विभाजित हुँदा एक पक्षले अर्को पक्षलाई जिम्मेवारीबाट हटाउँदै आएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, पौष २० २०७७०६:२८:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij