दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा रहेको वाटामोला दहमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ ।सोमबार अपराह्न पाँच बजे भएको उक्त दुःखद घटनामा अस्ट्रेलियाका नेपाली सचेत बिमलीको मृत्यु भएको हो ।
सदरल्याण्ड प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएअनुसार सात मिटर गहिरो दहमा ९ मिटर अग्लो क्लिफबाट हाम्फाल्ने क्रममा उक्त दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार करिब साढे ६ बजे नेपाली युवाको शरीर पानीबाट निकालिएको थियो।उद्धारका लागि वेस्ट प्याक हेलिकोप्टर पनि प्रयोग भएको थियो। नेपाली युवासँगै पौडी खेल्दा डुबेकी महिलाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij