बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रधानमन्त्री ओली धनगढी आउने भएपछि ‘कालो मास्क’ मा प्रतिबन्ध

प्रधानमन्त्री ओली धनगढी आउने भएपछि ‘कालो मास्क’ मा प्रतिबन्ध

images
  • 380
    SHARES

  • images
    images
    images
    प्रधानमन्त्री ओली धनगढी आउने भएपछि ‘कालो मास्क’ मा प्रतिबन्ध
    images
    images
    images

    नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली समूह)ले पुस २४ गते(भोलि)जनसभाको आयोजना गर्ने भएपछि धनगढीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

    प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीको यो पहिलो राजधानी बाहिरको कार्यक्रम हो । पछिल्लो राजनीति संकटकाबीच प्रधानमन्त्रीको धनगढी यात्रालाई चासोका साथ हेरएको छ ।

    images
    images
    images

    यसैबीच धनगढीको सुरक्षा व्यवस्थामा कडाइ पारिएको छ । हुन सक्ने सम्भावित जोखिम तथा त्रुटिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीको सुरक्षा व्यवस्थामा कडाइ पारेको हो ।

    प्रधानमन्त्री आउने कार्यक्रमलाई लक्षित गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको संयोजकत्वमा विहिबार जिल्ला सुरक्षा समितिको बैठक पनि बोलाइएको थियो। सुरक्षा समितिले सुरक्षाका जनपथ, सशस्त्र, नेपाली सेना, राष्ट्रिय अनुसन्धान गरी सबै सुरक्षा अंगलाई हाई अलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

    हुन सक्ने सम्भावित त्रृटिलाई लक्षित गरेर प्रयाप्त सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ बोहराले जनाए ।

    प्रधानमन्त्री ओलीको सुरक्षाका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन हुने छन् । शुक्रबार प्रधानमन्त्री ओलीको सुरक्षाका लागि कार्यक्रमस्थल, प्रधानमन्त्री जाने सडक लगायत स्थानमा गरी करिब एक हजारको हाराहारीमा सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिने प्रहरी स्रोतले जनाएको छ। यस्तै झण्डै सयको हाराहारीमा सादा पोसाकमा प्रहरी खटिने छन् ।

    जनसभा स्थल र प्रधानमन्त्री आवातजावत हुने सडकमा कालो झण्डा, कालो ब्यानर र कालो मास्क प्रतिबन्ध लगाइएको बताइएको छ । पछिल्लो समय सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने क्रम बढेपछि प्रहरीले यस्तो उपाय निकालेको हो ।

    प्रधानमन्त्री ओली प्रतिनिधि सभा विघटन गराएपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रचण्ड माधव पक्ष र ओली पक्षले अहिले विभिन्न जिल्लाका कार्यक्रमलाई प्राथमिकता दिइरहेका छन् ।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, पौष २३ २०७७०६:३६:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij