बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अमेरिका पठाउँछु भन्दै ठगि धन्दा चलाउने विद्या सरकार पक्राउ

अमेरिका पठाउँछु भन्दै ठगि धन्दा चलाउने विद्या सरकार पक्राउ

images
  • 374
    SHARES

  • images
    images
    images
    अमेरिका पठाउँछु भन्दै ठगि धन्दा चलाउने विद्या सरकार पक्राउ
    images
    images
    images

    अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका–४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छन्। दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो।  

    बिहीबार विद्या सरकारलाई दैलेख प्रहरी सार्वजनिकसमेत गरेको छ। केही समयअघि दैलेखको नारायण नगरपालिकामा आएकी उनले आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँ भन्दै ठगी धन्दा गर्दै आएकी थिइन्।  

    images
    images
    images

    ‘आफ्नो संस्थाले स्थानीय तहमा कोभिड–१९ (कोरोना भाइरस) महामारीको रोकथामका लागि स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गर्ने जिम्मा मलाई दिएको छ भन्दै स्थानीय तहमा स्वास्थ्य सामग्री र राहत बाड्ने गरेकी थिइन्,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी इन्द्रजित सुनारले भने, ‘आफ्नो (विद्या सरकारको) अमेरिकाको लागि भिसा लागेको र आफूले ८÷१० जना युवालाई अमेरिका पठाउन सक्छु भन्दै युवालाई प्रलोभनमेत देखाएको पाइएको छ।’ उक्त प्रलोभन देखाएर उनले कात्तिक १४ गते नारायण नगरपालिका–१, नयाँबजारका मनोज थापालाई बैंकमार्फत ९० हजार रुपैयाँ जम्मा गर्न लगाएर ठगी गरेको उजुरीसमेत प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। त्यस दिनदेखि मनोजसँग विद्या सरकार सम्पर्कविहीन भएकी थिइन्।

    त्यस्तै नारायण नगरपालिका–१, का २८ वर्षीय विवेक थापालाई पनि अमेरिका पठाउने प्रलोभनमा पारी वैशाख ३१ गतेदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार दश रुपैयाँ पठाउन लगाएर सम्पर्कविहीन भएकी थिइन्। ठगी कसुरअन्तर्गत विवेकको जाहेरी दरखास्त परेपछि प्रहरी अदालतबाट पुस ९ गते पक्राउ अनुमति पाएको थियो।  

    हाल जिल्ला प्रहरी कार्यालयमा दुईवटा मात्र उजुरी दर्ता भए पनि धेरैजनालाई समाज सेवा र अमेरिका लिने प्रलोभनमा करिब दुई करोडभन्दा बढी ठगेको अनुमान गरिएको छ। यसको पुष्टि भने भएको छैन। ‘दैलेखमा धेरै ठगेको भन्ने आएको छ,’ सूचना अधिकारी सुनारले भने, ‘दिए लिएको कागज नहुँदा धेरैले उजुरी दिन सकेका छैनन्।’ यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, पौष २३ २०७७०७:३८:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij