बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

निर्माण सम्पन्न भएको बर्षौ हुँदा पनि किन संचालनमा आउन सकेन सार्बजनिक शौचालय?

निर्माण सम्पन्न भएको बर्षौ हुँदा पनि किन संचालनमा आउन सकेन सार्बजनिक शौचालय?

images
  • 478
    SHARES

  • images
    images
    images
    निर्माण सम्पन्न भएको बर्षौ हुँदा पनि किन संचालनमा आउन सकेन सार्बजनिक शौचालय?
    images
    images
    images

    शौचालय निर्माण सम्पन्न भएको ७ बर्ष पुगिसक्दा पनि संचालनमा आउन सकेको छैन।जिल्ला विकास समिति रुपन्देहीको आर्थिक बर्ष २०७१/०७२ को बजेट बाट निर्माण भएको शौचालय नगरपालिका र उपभोक्ता समिति बिच शौचालय निर्माणका क्रममा भएको खर्चको बिषयमा कुरा नमिल्दा संचालनमा आउन नसकेको हो।

    images
    images
    images

    शौचालय निर्माण गर्दा २३ लाख ७९ हजार ७ सय ९० रुपैयाँ खर्च भएको तर नगरपालिकाले पटकपटक गरि जम्मा १५ लाख रुपैयाँ भुक्तानी दिएको र बाकी रकम निकासा नभएको कारण शौचालय संचालनमा आउन नसकेको शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष केशव आचार्य बताउछन् ।

    शौचालय संचालनको बिषयमा नगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठाएको र शौचालय संचालनको लागि आफुले पहल गर्ने देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदम बहादुर थापाले जानकारी दिनुभयो।

    सार्वजनिक शौचालय उपभोक्ता समितिले लागत भन्दा बढी रकम माग दावी गरेको कारण शौचालय संचालनमा आउन नसकेको देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्रीले बताउनुभयो ।शौचालय निर्माणका क्रममा भएको खर्चको वास्तविक हिसाब किताब नगरपालिकामा नबुझाउदा नगरपालिका र उपभोक्ता समिति बिच छलफल हुन नसकेको नगर प्रमुख खत्रीले बताउनुभयो।प्राबिधिकले पुनः मुल्यांकन गरि शौचालय संचालनको प्रक्रियालाई अगाडि बढाउने नगर प्रमुख खत्रीले बताउनुभयो।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, पौष २४ २०७७०७:४०:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij