पौष २५ ,देवदह।देवदह नगरपालिका २ ढेकावरमा रहेको सेभेन स्टार बोडिङ्ग स्कुलमा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न भएको छ। कक्षा १२ मा अध्ययनरत विद्यार्थीद्वारा कक्षा ११ का विद्यार्थीहरु लाई एक कार्यक्रमका स्वागत गरिएको हो।
स्वागत कार्यक्रममा बोल्दै बिद्यालय सन्चालक समितीका अध्यक्ष श्री प्रजापति सापकोटाले सेभेन स्टार जहिले पनि ब्यबहारिक र गुणस्तरीय शिक्षाको लागि प्रतिबद्द रहेको र त्यस्को लागि भौतिक पुर्बाधार, दक्ष शिक्षक, लगायतको ब्यवस्थापनमा लागि परेको भन्दै आगामी २ बर्षमा यस क्षेत्रकै नमुना बिद्यालयको रुपमा बिकास गरिने बताउनु भयो। कार्यक्रममा बिद्यालयका प्राचार्य श्री टिकाराम चापागाई, कक्षा ११,१२ प्रमुख तिर्थराज पन्थी, सहायक प्रमुख प्रकाश अधिकारी, शिक्षकहरु शंकर पौड्याल, सुर्य डुम्रे, लगायतले विद्यार्थीहरु लाई लगनशिल भइ शैक्षिक मार्गमा लाग्न आग्रह गर्नु भएको थियो। कक्षा ११ का विद्यार्थी सुशील केवटले कक्षा १२ का दाजु दिदिहरुले सिकाएको सस्कारलाइ आत्मसात गर्दै यसरी बिद्यालयमा स्वागत गरिएकोमा खुसी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

कक्षा १२ का विद्यार्थी सागर बुर्जाको अध्यक्षतामा, बिद्यालय सन्चालक समितीका अध्यक्ष श्री प्रजापति सापकोटाको प्रमुख आतिथ्यता, प्राचार्य श्री टिकाराम चापागाइको विशिष्ट आतिथ्यता कक्षा १२ का विद्यार्थी अमृता पुर्जा र कृष्ण अग्रहरीले स्वागत र कक्षा १२ का विद्यार्थी द्वय टेलिना सारु र कृति पाण्डेले सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij