पौष २७,देवदह।रुपन्देहीको देवदहमा माघ १० गते देखि संगम खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ। देवदह ३ सेमराहनामा संगम युवा क्लबको आयोजनामा खुल्ला भलिवल प्रतियोगिता हुन लागेको हो।
स्थानीय तहमा खेलकुदको माध्यमबाट पारस्परिक एकता,खेलकुदको विकास,खेलप्रतिको अभिरुचि बृद्दी गर्दै रास्ट्रलाई इमान्दार ,मेहेनती एवं कलात्मक रुपबाट तिखरिएका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका प्रबक्ता प्रितम थापा मगरले जानकारी दिनुभयो।

झन्डै पौने ५ लाख भन्दा बढी खर्च अनुमान गरिएको प्रतियोगिताको प्रथम हुने टिमले नगद रु १ लाख ,शिल्ड मेडल तथा प्रमाण पत्र ,त्यस्तै द्वितीय हुने टिमले नगद रु ५० हजार शिल्ड मेडल तथा प्रमाण पत्र,तृतीय हुने टिमले नगद रु २५ हजार शिल्ड मेडल तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन। साथै प्रतियोगितामा बिभिन्न विधामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिने खेल संयोजक झबिन्द्र थापाले जानकारी दिनुभयो।
२०७७ माघ ८ गते सम्म टिम दर्तागर्न सकिने ,त्यस्तै टिम दर्ता शुल्क ७ हजार रुपैया राखिएको क्लबका अध्यक्ष कवि ज्ञवालीले जनाउनुभयो।
प्रतियोगितामा २० टिम भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको सह आयोजक चाहाना आमा समुह रहेको छ भने प्रतियोगिताको समापनको दिन सास्कृतिक कार्यक्रम समेत रहेको आयोजकले पत्रकार सम्मेलनका क्रममा जानकारी देको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij