पौष २८ , काठमाडौं। पर्स चोरेको आरोपमा महिलालाई खम्बामा बाँधेर सिस्नु लगाउने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–७ हनुमानघाटकी ४० वर्षीया कृष्णलक्ष्मी कारन्जित र सुनसरी धरान उपमहानगर–१५ घरभई भेलुखेल बस्ने ५२ वर्षीया नानु विक रहेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी राजेश थापाले बताए।
उनीहरुले पुस २१ गते पर्स चोरीको आरोपमा स्थानीय सपना बानुलाई पाटी (फल्चा) को खम्बामा बाँधेर सिस्नु लगाई यातना दिएका थिए।
यातनामा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij