बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सरकारको मुख्य प्राथमिकता निर्वाचन : पर्यटनमन्त्री ढकाल

सरकारको मुख्य प्राथमिकता निर्वाचन : पर्यटनमन्त्री ढकाल

images
  • 312
    SHARES

  • images
    images
    images
    सरकारको मुख्य प्राथमिकता निर्वाचन : पर्यटनमन्त्री ढकाल
    images
    images
    images

    पौष २८ ,काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् ।

    संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको बताए । मन्त्री ढकालले भने, “निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईँहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ ।”

    images
    images
    images

    मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्ता जनभावनाको परीक्षण नगरी सत्ता बाँडीचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताए । उनले अघिल्लो निर्वाचनमा राजनीतिक स्थिरताका लागि मत मागेर फरक धारमा अघि बढेको शक्तिलाई समाहित गरी लैजाने अठोटका साथ लागिएको भएपनि स्थायित्वको राजनीति नआएपछि अब त्यसका पक्षमा बहुमत प्राप्तिका लागि निर्वाचनमा जान लागिएको जिकिर गरे । 

    स्वास्थ्य मन्त्रालयको बेथिति 

    मन्त्री ढकालले असहज अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको आफ्नो पाँच महिने कार्यकाल सफल भएको जिकिर गर्दै विधि र पद्धतिभन्दा पनि अतिरिक्त स्वार्थका रुपमा लामो समयदेखि मन्त्रालय रुमलिएका अवस्थामा आफूले सुधारात्मक कार्य गरेको बताए ।

    मेसिनरी औजार खरीदमा कमिसनको चक्कर आदि कारणले स्वास्थ्य मन्त्रालयको खरीद प्रक्रियामा पनि विकृति बढेको उल्लेख गर्दै उनले आफूले शुुद्धीकरणको यात्रा आरम्भ गरेको बताए । मन्त्री ढाकालले मुलुक लकडाउनमा रहेका बेला सामग्री ढुवानी गर्न कठिनाइ भइरहेको परिस्थितिमा पनि आफ्नो पहल कदमीले कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य सामग्री ल्याएर विकसित मुलुकको भन्दा सहजरुपमा व्यवस्थापन गरिएको जिकिर गरे । 

    सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दा पनि एकै पटक गाउँपालिकामा अस्पताल उद्घाटन गरेर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याइएको उल्लेख गर्दै उनले शक्तिशाली मुलुकले समेत स्वास्थ्य सामग्री नपाएका सन्दर्भमा सरकारले सहजरुपमा सामग्री ल्याएर दायित्व पूरा गरेको बताए । 

    सरकारले एक चिकित्सक एक स्वास्थ्य केन्द्र नमूना परियोजनाको सुरुआत गर्नका साथै मुलुकभरका गाउँपालिकामा पाँच, १० र १५शैयाका ३१५ अस्पताल गत मङ्सिर १५ गते एकै दिन उद्घाटन गरेको थियो ।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, पौष २८ २०७७०७:५९:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij