बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सिद्दबाबाको दर्शन गरि चैत्र २७ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

सिद्दबाबाको दर्शन गरि चैत्र २७ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

images
  • 425
    SHARES

  • images
    images
    images
    सिद्दबाबाको दर्शन गरि चैत्र २७ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
    images
    images
    images

    आज श्री शाके १९४२ बि.स.२०७७ साल चैत्र २७ गते शुक्रबार इश्वी सन २०२१ अप्रिल ९ तारीख चैत्र कृष्णपक्ष त्रयोदशी तिथी शतभिषा नक्षत्र पश्चात पूर्वभाद्रपदा नक्षत्र शुक्ल योग गर करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा सौम्य योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प.सरोज घिमिरे)

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरीरहेको कार्यको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नयाँ लगानी नगरेकै बेश रहनेछ । अध्यन अध्यापनमा खर्चिएको समय मध्यम रहनेछ । कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोग प्राप्त रहनेछ ।

    images
    images
    images

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथसहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रभाबशालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।

    मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, चैत्र २७ २०७७०७:४६:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij