बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

आज २०७८ जेठ ३१ गते सोमबार,सिद्दबाबाको दर्शन गरि राशिफल हेर्नुहोस

आज २०७८ जेठ ३१ गते सोमबार,सिद्दबाबाको दर्शन गरि राशिफल हेर्नुहोस

images
  • 271
    SHARES

  • images
    images
    images
    आज २०७८ जेठ ३१ गते सोमबार,सिद्दबाबाको दर्शन गरि राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मान सम्मान पाउने छन् ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    बोलीको प्रभावकारिता बढ्ने छ । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

    images
    images
    images

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज उमङ्ग र उत्साहमा कमी आउने छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    शुभकार्यको चर्चा चल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर शुभ कार्यको योजना बन्ने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनीति कार्यमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तसँगको सहकार्यले लाभ मिल्ने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज शुभ कार्यको योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । तपाईंलाई आफन्तले कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । धार्मिक कार्यको योग पनि छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ ३१ २०७८०७:०६:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij