"भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ"भन्ने उद्देश्यले खोलिएको मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र मगर समुदायको मौलिक पर्व भूमे पर्बको अबसरमा यही २०७८ असार १ गते देखी ४ गते सम्म आयोजना गरिएको खुल्ला सिङ्गल भेषभुषा फोटो प्रतियोगिता २०७८ मा महिला तर्फ भोजपुरकी क्रिसा मगर र पुरूष तर्फ नवलपुरका ८७ बर्षीय मान ब.पुनमगर बिजेता बन्नुभएको छ।

बिश्व भरिबाट २४३ जना सहभागी रहेको उत्त प्रतियोगितामा तीन दिनको भोटिंग समयमा आएको like को आधारमा बिजेता घोषणा गरीएको थियो। 
महिला तर्फ प्रथम हुने भोजपुर की क्रिसा मगरले जम्मा ४२२९ मत प्राप्त गरेको थियो भने पुरुष तर्फ बिजेता बनेका ८७ बर्षीय मान ब.पुनमगरले ४२०१ मत प्राप्त गरेको थियो।

त्यसै गरी दोस्रो हुन सफल महिला तर्फ गुल्मी भारसे हाल बुटवल बस्नुहुने बेबिना पुनमगर ले ३५५३ मत प्राप्त र पुरूष तर्फ पर्बत खण्डलुमगर ले १८०८ मत को साथ दोस्रो हुन सफल भएको थियो।

त्यसै गरी तेस्रो स्थान भने महिला तर्फ रिसिङ -८ तनहुँ को अञ्जलि थापा मगर हुनुभयको थियो उहाँले ३४६६ मत प्राप्त गरेको थियो भने पुरूष तर्फ पाल्पा तानसेन हाल ktm बस्नुहुने हेम थापा मगरले ११३४ मतको साथ तेस्रो हुनु भएको थियो।

प्रतियोगितामा बिजेता उपविजेता हुने प्रतियोगीले पुरस्कार समेत हात पारेको छ।
पुरस्कार सौजन्य भने सुनील मस्राङ्गी नवलपुर र रोल्पा
का टेकेन्द्र राना मगरले गर्नु भएको थियो।

मगर संसारले भेषभूषा ,भाषा ,संस्कार संस्कृति संगै दिन दुखी परिवारका बिरामी लाई सहयोग गर्दै मगर भाषा नआउने मेम्बर हरूको लागि मगर भाषा online क्लास चलाई रहेको संयोजक अनिल लामिछाने मगरले जानकारी दिनु भएकोछ।
✅✅आयोजक:- मगर संसार
🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
#संस्थापक:-अनिल लामिछाने मगर
#एडमिनहरु:-
- मन मास्की रानामगर
- शान्ति राना मगर
- मोनीका मगरनी
- प्रिया राना मगर
- दिलु मगरनी
- पृथीछक बुढा मगर
- पवित्रा थापा मगर
- युगेश पांमी मगर
- राजेन्द्र राना मगर
- बिष्णु ढेगा मगर
- अमीर मगर
- टूगा राना मगर
- नबिना पुन मगर
- रमेश बुढा मगर
- प्रकाश मगर
- बिस्वास मगर
- अजिशा मगरनी
- प्रदीप घर्ती मगर
- जानकी मगर
: समस्त मगर संसार फोटो ग्यालरी एडमीन समिति परिवार
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij