मेष । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।
बृष । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
मिथुन । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
कर्कट । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाइनेछ ।
सिंह । वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला । शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । छोटो यात्रा गर्ने अवसर मिल्नेछ, तर साँझमा खर्च बढ्नेछ ।
कन्या । आज मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रिनेछ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ ।
तुला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शैक्षिक कार्य अघि बढ्नेछ । कुटुम्बको साथ पाइनेछ । शेयर बजारको लगानीले दीर्घकालीन लाभ मिल्ला ।
बृश्चिक । आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
धनु । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।
मकर । आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ, तर यात्रा सफल हुनेछ ।
कुम्भ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
मीन । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पुँजीबजारले पनि साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij