सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

महाबिर पुनलाइ सहयोग गर्न सर्बसाधारण सकारात्मक ,शेयर गरेर सबैले सहयोग गरौ !

महाबिर पुनलाइ सहयोग गर्न सर्बसाधारण सकारात्मक ,शेयर गरेर सबैले सहयोग गरौ !

images
  • 941
    SHARES

  • images
    images
    images
    महाबिर पुनलाइ सहयोग गर्न सर्बसाधारण सकारात्मक ,शेयर गरेर सबैले सहयोग गरौ !
    images
    images
    images

    महाबिर पुन

    बिश्वासको भरमा 4% बार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो. करिब ३ करोड चाहिएको छ. एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन. सकेको ५, १०, २० लाख दिए पनि हुन्छ.

    images
    images
    images

    पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाइ मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourism बिकासको लागी हो. यो काम आंशिक रुपमा बिगत १० बर्ष देखी चलीरहेको छ तर यसलाई हामी बढाउन (Scale up) चाहन्छौं. यसको लागि नेपाल सरकार र बैंकहरु संग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु. यसको बिस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला. यसको लागी एक करोड रुपैंया चाहिएको छ.

    दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको "सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant" बनाउन जरुरी भएको छ. आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको हो. बिभिन्न वित्तीय संस्था र बैंकहरु बाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरु संग ऋणको लागी अनुरोध गरेको हो. यसको लागी दुई करोड रुपैंया चाहिएको छ.

    कोहि हुनु हुन्छ भने मलाई mahabir@nicnepal.org मा सम्पर्क गर्नु होला. यसो गनु भयो भने देशको उद्धार हुनेछ. ऋण ३ बर्षको लागि हो र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिनेछ.

    ४% बार्षिक ब्याज दरमा ऋण दिन मेरो अनुरोध लाई सकारात्मक रुपमा हेरी दिनु भएको सम्पूर्ण नेपालीहरुलाई धेरै धेरै धन्यबाद छ. अब अघि बढौं. खाने मुखलाई जुंगाले छेक्दैन भन्ने कुरा सरकारले बुझ्नु आबश्यक छ.

    ऋण माग्नुको पहिलो कारण यस प्रकार छ. मैले Visit Nepal 2020 लाइ लक्ष्य गरेर पदयात्रा गर्ने पर्यटकहरु भित्र्याउने दुई ओटा योजना बनाएर संघीय सरकार र गण्डकी प्रदेश सरकारलाई 2018 देखि नै अनुरोध गरेको थिएँ. पहिलो योजना Round Dhaulagiri Trekking Route को बिकास गरेर त्यहाँ आबश्यक पर्ने सम्पूर्ण बन्दोबस्त गर्ने र 2019 मा नै ट्रेकिंग सुरु गर्न भन्ने थियो. दोश्रो योजना हामीले पहिले नै सुरु गरेको पदमार्गमा भएको सामुदायिक लजहरुमा पर्यटकहरुको चाप थेग्न अति आबश्यक परेकोले थप कोठाहरु बनाउने भन्ने थियो. यो काम किन आबश्यक छ भने पूर्वाधार नबनाईकन पर्यटक भित्र्याउन सकिंदैन र नेपाल आएका पर्यटकहरुलाई पनि राम्रो सेवा दिन सकिंदैन. तर संघीय सरकार र गण्डकी प्रदेश सरकारले मेरो प्रस्ताब सुन्दै सुनेनन. २५ लाख रुपैंया सम्म सहयोग गर्नुहोस भन्दा पनि सरकारले टेरेन. बैंकहरुले मैले प्रस्ताब गरेको जस्तो मोडेलको सामुदायिक कुरामा लगानी नै गर्दैनन्.

    ऋण माग्नुको दोश्रो कारण राष्ट्रिय आविष्कार केन्द्रमा अहिले भैरहेको अनुसन्धानको कामहरु मध्य ५ ओटा कामहरु चांडै नै सफल हुने आशा गरिएको छ. तिनीहरुलाई सानो स्केलमा उत्पादन गरेर बजारीकरण गरि अनुसन्धानकर्ताहरुलाई उद्यमी बनाउनको लागि तुरुन्तै एउटा सानो स्केलको "सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant" बनाउन जरुरी भएको छ. यसो गरेर उनीहरुलाई उद्यमी बनाइएन भने हाम्रा प्रतिभाशाली सन्ततिहरु नेपालमा बस्दैनन्. यसको लागि ३ र ४ नम्बर प्रदेश सरकारको मन्त्रालयहरु संग कुरा भएको हो. उनीहरुले मुखले मात्र हुन्छ हुन्छ भने तर यस्तो काममा पटक्कै चाख देखाएको देखिएन. बैंकहरुले यस्तो काममा ऋण दिंदैनन भन्ने थाहा भयो.मुख्य कुरा यहि यहि नै हो. धन्यबाद.

    Capture.PNG

     

    images
    images
    • बुधवार, पौष २ २०७६०२:१९:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij