मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज मिति २०७८ कार्तिक १६ गते मंगलबार,श्री पाथिभरा माताको दर्शन गरि राशिफल हेर्नुहोस

आज मिति २०७८ कार्तिक १६ गते मंगलबार,श्री पाथिभरा माताको दर्शन गरि राशिफल हेर्नुहोस

images
  • 725
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ कार्तिक १६ गते मंगलबार,श्री पाथिभरा माताको दर्शन गरि राशिफल हेर्नुहोस
    images
    images
    images

    आजको पञ्चाग: १६ कात्तिक, कात्तिक कृष्णपक्ष द्वादशी। मध्यान्तरपछि त्रयोदशी प्रदोषव्रत, धनत्रयोदशी (धन्तेरस) आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती।

     

    तद्अनुसार २ नोभेम्बर, मंगलबार। उत्तरफाल्गुनी नक्षत्र, चन्द्रमा कन्या राशिमा, वैधृति योग, तैतिल करण छ।

    images
    images
    images

    मंगलबार सूर्योदय बिहान ६ः१६ मिनेट र सूर्यास्त १७ः१७ मा छ। बिहान ११ः२६ देखि १२ः१० सम्म अभिजित मुहूर्त छ। दिउँसो २ः३४ देखि ३ः५७ सम्म राहूकाल छ। राहु भनेको अशुभ समय हो। यो समयावधिमा कुनै प्रकारको शुभकार्य सुरु गर्न वर्जित छ।

    अभिजित मुहूर्त शुभ मानिन्छ। यो समयमा पूजाआराधना गरे मनोकाक्षा पूरा हुनेछ। तपाईँले कुनै पनि कार्य शुभ समय र शुभ मुहूर्तमा गर्दा सिद्ध हुनेछ, पूर्ण हुनेछ भन्ने शास्त्रीय मान्यता छ।

    आजको राशिफल:

    मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ)

    मेष राशी भएकाका लागि मंगलबार मनमा प्रसन्नाता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ। आजको दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्दा राम्रो हुन्छ।

    वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)

    मन अशान्त, अध्ययन अध्यापनमा रुचि कम हुनेछ । आजको दिन कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्न सक्छ। आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी छैन । यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला।

    मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)

    परिवार र आफन्तजनमा विवाद हुनसक्छ। त्यसैले मिथुन राशी भएकाका लागि आजको दिन मौन रहनु बेस हुनेछ। आफ्ना मित्रमण्डली र व्यापारव्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा बेस हुनेछ।

    कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)

    तपाईँको लागि आजको दिन अनुकल छ। धनप्राप्तिको योग बनेको छ। नयाँ बस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ। आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन्। विगतमा तपाईँप्रति राग राख्ने मित्रसमेत तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन्। केही मित्रले सापट लिएका धनसमेत फिर्ता हुने सम्भावना छ।

    सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)

    घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा राम्रो हुनेछ। स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ।

    कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)

    दाम्पत्य जीवनमा सुख, समृद्धि र चन्द्रमाको साथ भएकाले मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मानसमेत मिल्नेछ । तपाईँले गरेका कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईँले केही कन्यालाई फलफूल उपहार दिनु भयो भने तपाईँको मनमा प्रशन्नता छाउनेछ ।

    तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)

    समय अनुकूल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्नेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशी भएकाकाले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

    वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)

    व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रिबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईँको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् ।

    धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)

    तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईँलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईँलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ।

    मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)

    मकर राशी भएकाकाले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईँले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।

    कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)

    आजको दिन अनुकूल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईँले सोचअनुसारको काममा कठिनाइ हुनेछ । व्यापारव्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला ।

    मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)

    दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला। घरका सदस्यलाई कुनै नयाँ बस्त्र खरिद गरेर दिनुभयो भने उत्साह थपिने छ । आकस्मिक धनलाभ व्यापारव्यवसायबाट पनि फाइदा हुनेछ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, कार्तिक १६ २०७८०७:३८:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij