मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज मिति २०७८ पुस १३ गते मंगलबार,मनकामना माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस

आज मिति २०७८ पुस १३ गते मंगलबार,मनकामना माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस

images
  • 292
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ पुस १३ गते मंगलबार,मनकामना माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज आफन्त तथा साथीभाइसँग भेटघाट हुने र मन प्रसन्न रहने समय रहेको छ । आर्थिक तथा शेयर बजारबाट पनि राम्रै लाभ लिन सकिन्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    नयाँ कार्यको योजना बन्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूणर् बोलीले काम बन्न सक्छ । आफन्तले सहयोग गर्नेछन् ।

    images
    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    साहित्य एवं संगीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    घरमा अतिथिको आगमन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्राविधिक काममा रुचि बढ्ने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला पनि छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पुँजी बजारमा रूचि बढ्नेछ । मङ्गल कार्यको योग पनि छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज आफ्नो दैनिकी काममा ढिलासुस्ती हुनेछ । नजिकैका व्यक्तिसँग असमझदारी बढ्न सक्छ, तर साँझमा आर्थिक लाभ भने मिल्ने छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा पनि रहला ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज कार्य सम्पादनमा सहजता मिल्ने छ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावना छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्ने छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज बन्धुबान्धवबाट सहयोग मिल्ने छ । शेयर बजारको क्षेत्रमा रुचि बढ्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

    ज्यो.प. नारायणप्रसाद दुलाल

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, पौष १३ २०७८०८:०१:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij